एजेन्सी– सन् २०२० मा आउने एप्पलका आईफोनको नयाँ डिजाइन र फिचरको निकै चर्चा चलिरहेको छ। एप्पलले आफ्नो नयाँ आईफोन १२ ल्याउन लागेको हो। जापानी प्रकाशन म्याक ओटाकाराको नयाँ रिपोर्टका अनुसार २०२० मा सार्वजनिक हुने भनिएको आईफोन १२ को डिजाइन र लुक्स आईफोन ११ भन्दा फरक हुने छैन।
दुई फोनबीच दुरुस्त समानता नभए पनि धेरै विषयमा समान हुने रिपोर्टले उल्लेख गरेको छ। नयाँ रिपोर्टले आईफोन १२को मेटल च्यासिस आईफोन इलाभेनको जस्तै हुने दाबी गरेको छ। तर यसका किनाराहरु थोरै कर्भ्ड आकारको हुनेछ र यो अघिल्लो सिरिजभन्दा सानो आकारमा हुने बताइएको छ।
एप्पलले १ सय २० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५.८ इन्चबाट घटाएर ५.४ इन्च बनाउने छ। आइफोन १२ मा पछाडि चार वटा क्यामेरा जडान गर्ने भनि बताइएको छ। यसअघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश गरिएको थियो। आइफोन १२ फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ।