एजेन्सी– जब मानिस आफ्नो काममा तल्लिन हुन्छन् त्यो बेला एक अर्कामा नजर राख्दैनन्। यस्तै एउटा घटना भारतको नोइडामा पनि भएको छ।
डेढ वर्ष अगाडि एक जुडो तथा कराँते खेलाडी महिलासँग दीपक साहनीको मायाँ बसेको थियो। उनीहरुले सन् २०१९ मा विवाह गरे। तर उनीहरुको केहि दिन अगाडि झगडा भयो। झगडाका क्रममा पत्नीले दीपकको एउटा खुट्टा नै भाँचिदिएकी छिन्।
त्यसपछि पत्नीले पिटेको डरले दीपकले प्रहरीलाई बोलाएका थिए। दीपकले प्रहरीसँगको बयानमा पत्नीले झगडाका क्रममा एउटा खुट्टा भाँचिदिएको र शरीरका विभिन्न अंगमा प्रहार गर्दा रगत जमेको बताएका छन्।