काठमाडौं– राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ। राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्िचत भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो।
राष्ट्रिय सभा सदस्यमा नवनिर्वा्चित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ। निर्वा्चित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ।
राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ। प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ। समितिको कार्या्िवधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रत्येक दुई वर्षमा नयाँ सदस्यहरू आउने व्यवस्था भएको हुँदा नयाँ आउने सदस्यहरूको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको बताए।
उनले सभापतिबाहेक अन्य सदस्यको कुनै पनि बेला समिति हेरफेर हुनसक्ने जानकारी दिए। आवश्यकता र मागका आधारमा सदस्यहरूको हेरफेर हुने व्यवस्था रहेको छ।
यसको अधिकार अध्यक्षमा सुरक्षित रहन्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छिन्।