काठमाडौं – फलफुलहरुमा स्याउलाई सबैभन्दा उपयुक्त मानिन्छ। बहुगुणी स्याउको उपभोग स्वस्थकर मानिन्छ। दिनमा एउटा स्याउ खाँदा रोगप्रतिरोधात्मक क्षमता अधिक हुने विज्ञहरु बताउँछन्।
स्याउलाई नियमित सेवन गर्दा सानोतिनो रोगले भेट्दैन। बाईचान्स् भेटिहाले डाक्टरकामो धाइराख्नु पनि पर्दैन। स्याउमा प्रशस्त मात्रामा पाइने एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड साथै फाइटोन्युट्रिएन्टले शरीरमा धेरै फाइदा गर्दछ।
स्याउ खानुको फाइदाहरू
– स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ, स्याउमा धेरै पानी र फाइबर हुन्छ जसले पूर्ण आहारको काम गर्दछ, स्याउमा हुने प्राकृतिक कम्पाउन्डले शरीरको वजन घटाउन मद्दत गर्दछ, स्याउमा पाइने सोलुबल फाइबरले मुटुरोग लाग्ने सम्भावना कम गर्छ।
– कोलेस्ट्रोलका बिरामिका लागी दैनिक एउटा स्याउ खानु लाभदायह हुन्छ, स्याउमा हुने पोलीफेनोलले उच्च रक्तचापलाई घटाउने गर्दछ, स्याउमा पाइने पोलीफेनलले प्यानक्रियाजमा हुने तन्तुलाई क्षति हुनबाट बचाउँछ, स्याउमा हुने प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्दछ।
– स्याउमा हुने एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दम हुनबाट बचाउँछ, फाइबरको मात्रा हुने भएकाले स्याउको सेवन गर्दा शरीरमा मधुमेह हुनबाट बचाउँछ, हाडलाई मजबुत बनाउँदछ भने, स्मरणशक्ति राम्रो बनाउँछ।