एजेन्सी– सिरी ‘ए’ प्रतिद्धन्द्धी फियोरेन्टिनालाई हराउदै इन्टर मिलान कोपा इटालिया कपको को सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे। पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए। यसै खेलमार्फत क्रिस्टियन इरिक्सन र भिक्टर मोसेसले इन्टरका लागि ‘डेब्यु’ गरे।
इरिक्सन इंग्लिस क्लब टोटेनहम हस्टपरबाट तथा मोसेस लोनमा इंग्लिस क्लब चेल्सीबाटै यसै विन्टरमा इन्टरमा पुगेका थिए। इरिक्सनले ६६औं मिनेटमा एलेक्सिस सान्चेजको स्थानमा तथा मोसेसले ७४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाका स्थानमा मैदानमा प्रवेश गर्दै इन्टरबाट सिरी ‘ए’ मा डेब्यु गरे।
प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६०औं मिनेटमा मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
६७औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो। अब इन्टरले सेमिफाइनलमा नेपोलीको सामना गर्नेछ। खेल १३ फ्रेब्रुअरीमा हुनेछ। अर्काे सेमिफाइनलमा एसी मिलान र युभेन्टसबीच खेल हुनेछ।