काठमाडौं – प्रकृतिमा प्रायः विभिन्न रंगका सागसब्जी, अन्नबाली उत्पादन हुन्छन्। जुन खानेकुराको रंगले त्यसमा रहेको पोषक तत्वलाई दर्शाउँछ भने, त्यसले स्वास्थ्यका लागि पनि उत्तिकै लाभ दिलाउँछ।
जस्तैः बजैनी रंगको खानेकुराहरू
बैजनी रंगको खाना केवल देख्दा मात्र सुन्दर र आकर्षक हुने होइन, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ। बैजनी रंगका खाद्य पदार्थले कोशिकाहरु क्षति हुनबाट रोक्छ। रोगहरुलाई शरीरमा प्रवेश गर्नबाट रोक्छ र एन्टि–एजिङ एजेन्टको रुपमा काम गर्छ। त्यसैले तपाईंले आफ्नो भोजनमा बैजनी रंगका खाद्य पदार्थहरु समावेश गर्नु आवश्यक छ।
कस्ता खाद्य पदार्थ बैजनी रंगका हुन्छन्
बैजनी बन्दाकोबी– यो तरकारीलाई रेड अथवा ब्लू क्याबेज पनि भनिन्छ। भिटामिन र फ्लेवोनइडले भरिपूर्ण यो तरकारीले शरीर सुनिन्नबाट पनि रोक्छ। पेट सम्बन्धि समस्या र अर्थराइटिस जस्तो समस्याहरुबाट बचाउने काम गर्छ। यसलाई सलाद र सूपका बनाउनका लागि प्रयोग गर्न सकिन्छ। यसलाई काचै पनि खान सकिन्छ।
ब्ल्याकबेरी– ब्ल्याकबेरीमा क्यालोरी अति नै थोरै र भिटामिन सी भरपूर मात्रामा हुन्छ, जसलाई तपाइ दिनहुँ एक कचौरा सेवन गर्न सक्नु हुन्छ। भिटामिन के र म्याग्नीसियम भरपूर ब्ल्याकबेरीले स्मरणशक्ति बढाउनुको साथै शरीरको बाहिरी अंगहरुको रक्षा गर्छ।
चुकन्दर– एन्टि–अक्सिडेन्ट, भिटामिन र मिनरलहरुले भरिपूर्ण चुकन्दर पेट र मुटुको स्वास्थका लागि अति नै फाइदाजनक छ। यसमा म्याग्नेशियम, सोडियम, म्याग्नीज, पोटाशियम र भिटामिन सी जस्तो पोषक तत्वहरु पाइन्छ। चुकन्दर बिटेनिनको प्रमुख स्रोत हो,जसले रक्तचापलाई नियन्त्रित गर्नुको साथै मुटु सम्बन्धि रोगहरुबाट बचाउँछ।
यसले मुटुलाई स्वास्थ बनाइराख्न सहयोग गर्छ। यसमा एन्टि–इन्फ्लेमेटरी गुण पनि पाइन्छ। बेटेनिनले मदिरा सेवन गर्दा हुने रोगहरु, प्रोटीनको कमी र मधुमेहबाट बचाउँछ। यसले रातो रक्त कोशिकाहरुको मात्रा बढाउँछ, जसले हेमोग्लोबिन सन्तुलित रहन्छ र शरीरको सबै भागहरुमा सामान्य रुपले अक्सिजन प्रवाह गर्छ। यदि तपाईंलाई यी मध्ये कुनै पनि खाध्य पदार्थ सेवन गर्दा एलर्जी भयो भने डाक्टरको सल्लाह लिनु अति नै आवश्यक हुन्छ।
भान्टा– यसलाई ब्रिन्जल बाहेक एगप्लान्ट र एबर्जीन नामले पनि चिनिन्छ। भान्टामा पोटाशियम, म्याग्नेशियम, क्याल्शियम, प्रोटीन, आइरन र भिटामिनहरु पर्याप्त मात्रामा पाइन्छ। १०० ग्राम भन्टामा करिव २४ मात्रामा क्यालोरी हुन्छ। यसबाहेक यसले पाचन प्रक्रियालाई तन्दुरुस्त बनाउनुको साथै वजन कम गर्नुको साथै रगतको कमीबाट पनि राहत प्रदान गर्छ।