एजेन्सी – चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण चिनमा अहिलेसम्म १ सय ७० जनाको ज्यान गएको छ। चीनमा नोवेल कोरोना भाइरसका कारण ६ हजारजना भन्दा बढी संक्रमित भएका छन्।
चीन बाहिरका १५ देशमा पनि नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको छ। नेपाल, अमेरिका, फ्रान्स, थाइल्याण्ड, अष्ट्रेलियासहितका देशमा कम्तिमा ४७ जनामा संक्रमण रहेको पुष्टि भएको छ।
एक रिर्पोटअनुसार यस भाइरसको प्रकोपले गर्दा अमेरिकी टेक कम्पनी एप्पलको बिजनेशमा असर पार्ने बताइएको छ। एप्पल इनसाइडरको रिर्पोटअनुसार वुहानमा फक्सकनको फ्यासिलिटीमा यस भाइरसबाट कामकाजमा प्रभाव पर्ने देखिन्छ।
यसबाट कम्पनिको प्रोडक्सनमा पनि असर पर्न सक्ने छ। जसको सिधा प्रभाव कम्पनीको दिर्घकालीन बिजनेसमा पर्नेछ। ताइवान मल्टिनेशनल कन्ट्रयाक मेनुफ्याक्चरिङ कम्पनी फक्सफनले आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ।
यस बाहेक कम्पनीले फ्याक्ट्रीमा काम गर्ने कर्मचारीमाथी पनि स्वास्थ्य निगरानी बढाएको छ। कम्पनीले आफ्ना कर्मचारीलाई फेश मास्क प्रदान गरेको छ। जसले उक्त भाइरसबाट बच्न सहयोग पुर्याउँछ। कम्पनीले सबै कर्मचारी यो मास्क अनिवार्य लगाउन निर्देशन पनि दिएको छ।
हालै आएको अर्को रिपोर्टअनुसार कोरोना भाइरसका कारण एप्पलको बजेट आइफोनको रुपमा आउन लागेको आइफोन एसई २ वा आइफोन ९ को उत्पादनमा समेत असर पर्ने देखिएको छ।