एजेन्सी – फेसबुकले दुई अर्ब ४५ करोड मासिक सक्रिय प्रयोगकर्तालाई आफ्नो फेसबुक अकाउन्टको प्राइभेसी चेक गर्न आग्रह गरेको छ।
फेसबुकले प्रयोगकर्ताको प्राइभेसीको विषयमा विभिन्न समस्या देखा परिरहेको बेला प्राईभेसीलाई अझ बढी प्रयोगकर्ता मैत्री बनाएर ल्याएको छ। त्यसैले प्रयोगकर्तालाई आफ्नो प्राइभेसी सेटीङ मिलाउन कम्पनीले आग्रह गरेको हो।
त्यसकालागि प्रयोगकर्ताले सेटिङ एण्ड प्राइभेसी (Setting and Privacy) मा गएर प्राइभेसी सेटिङ मिलाउन सक्नेछन्। त्यहाँ प्रयोगकर्तालाई आफ्नो डेटा कसले देख्न मिल्ने वा नमिल्ने लगाएतका धेरै कुरालाई निर्धारण गर्न सक्ने सुविधा दिएको छ। त्यतीमात्रै नभएरर आफ्नो अकाउन्टलाई कसरी सुरक्षित राख्ने भन्ने विषय पनि त्यहाँ उपलब्ध गराइएको छ।
गत समरको तथ्याङ्क अनुसार फेसबुकको मासिक दुई अर्ब ४५ करोड एक्टिभ प्रयोगकर्ताहरु रहेका छन्। फेसबुकले थप गरेको नयाँ प्राइभेसी सुविधासागै प्रयोगकर्ताले आफ्नो डेटामाथि नियन्त्रण राख्न सक्ने भएको हो।
यसैक्रममा कम्पनीको ‘अफ फेसबुक एक्टिभीटि’ (Off-Facebook Activity) टुल अहिले विश्वभरी नै उपलब्ध छ। यसले प्रयोगकर्तालाई तपाईंलाई एड दिने थर्ड पार्टी साइटहरुको डेटाको सारांश उपलब्ध गराउँछ। साथै डेटालाई मेटाउने अप्सन पनि दिन्छ।
सम्बन्धित समाचार
१.फेसबुकको हिस्ट्री कसरी डिलिट गर्ने ? यस्तो उपाय अपनाउनुहोस्
२.फेसबुकले थप्याे ‘लगइन नोटिफिकेसन’ फिचर
फेसबुकले जनवरीको सुरुदेखि थर्ड पार्टीको एप फेसबुकमार्फत साइन इन भएको खण्डमा नोटिफिकेसन पनि पठाउन सुरु गरिसकेको छ। वितेको दशकमा फेसबुले क्याम्ब्रिज एनालिटिक्सदेखि थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा बेचेको सम्मको विभिन्न मुद्दा र विवादको सामना गर्नुपर्यो।
यीनै कारण यो दशकको पहिलो वर्षमा फेसबुकले लिएको यस्तो योजनाले उसको छविलाई केही हदसम्म सफा बनाउन मद्धत पुग्ने अपेक्षा गरिएको छ।