काठमाडौं– बेसन हालेको परिकार खानाले तौल घटाउनमा सहयोग गर्दछ। हामीले पकौडा बनाउनको लागि बेसनको प्रयोग गरिरहेका हुन्छौं, जस्ले मिठो स्वाद ल्याउने गर्छ। तर बेसनले स्वाद बढाउने मात्र हाेइन शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पनि प्रदान गर्दछ।
यस्ता छन् बेसनका फाइदाहरु
बेसनलाई फाइबर तथा म्याग्नेसियमको राम्रो स्रोत मानिन्छ। यसले मधुमेहका बिरामीलाई निकै फाइदा गर्छ। यदि तपाईं आफ्नो तौल घटाउने अभियानमा हुनुहुन्छ भने, आफ्नो खानामा बेसनयुक्त खानेकुराहरु समेट्ने गर्नुहोस्। बेसनमा भिटामिन प्रचुर मात्रामा पाइन्छ। यसको प्रयोगले शरीरको तौल घटाउन सहयोग गर्दछ।
बेसनमा फोस्फोरस जस्तो महत्वपूर्ण खनिज पदार्थ प्रचुर मात्रामा पाइन्छ, जसले हड्डीलाई स्वास्थ्य राख्न मद्दत गर्दछ। बेसन प्रोटिनको खजाना मानिन्छ, यसमा गहुँको आँटाभन्दा पनि बढी प्रोटिन पाइन्छ। १ सय ग्राम बेसनमा नै २० ग्राम प्रोटिन हुने गर्छ, यसले कोलेस्ट्रोलको स्थर कम गर्न र मुटुलाई स्वास्थ्य बनाउन पनि सहयोग गर्दछ।