एजेन्सी – अमेरिकी गायिका सेलेना गोमेजले पूर्व प्रेमी तथा चर्चित पप गायक जस्टिन बीबरसँग सम्बन्धमा रहँदा ‘भावनात्म शोषण’को सिकार भएको खुलासा गरेकी छिन्।
सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा गोमेजले बीबरसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा बताइकी थिइन्।
गायिका सेलेनाको अनुसार उनलाई बिबरसँगको सम्बन्ध र ब्रेकअपले हिम्मत जुटेको थियो। उनले एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु खतरनाक भएसँगै आफु दुर्व्यवहारको सिकार बनेको स्पष्ट पारिन्।
‘के तपाईं भावनात्म शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको ब्रेकअप पछिनै गाएकी हुँ। तर मलाई यसमा निकै गर्ब छ।’ उनले थपिन्, ‘यो गीतले मेरो लागि बेग्लै अर्थ राख्छ।’