एजेन्सी – चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माको ‘ज्याक मा फाउन्डेसन’ले कोरोना भाइरसविरुद्धको खोपका लागि १ करोड ४४ लाख अमेरिकी डलर दिने घोषणा गरेको छ।
अनुसन्धान गरी नयाँ खोपको विकास गर्न सो रकम अनुदान दिने ज्याक मा फाउन्डेसनले जनाएको हो। फाउन्डेसनले यो अनुदानले मानवीय सहयोग हुने विस्वास लिएको छ। यद्यपि खोप निर्माण गरी विश्वव्यापी रुपमा खोप वितरण गर्नु चुनौतीपूर्ण रहेको फाउन्डेसनले जनाएकाे छ।
अलिबाबा समूहले यसअघि नै चीनलाई चिकित्सा सेवाका लागि १ अर्ब चिनियाँ युआन दिने घोषणा गरिसकेको छ।