काठमाडौं– काठमाडौंबाट एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जना पक्राउ परेका छन।
महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको कपन बस्दै आएका २२ वर्षी दिनेश थापालाई गैंडाको खागसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरुले २५ लाख रुपैयाँमा गैंडाको खाग बिक्री गर्न लागेका थिए। खाग किन्ने ग्राहकसँग ‘बार्गे्निङ’ समेत मिलिसकेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं, हात्तीसारमा पठाइएको प्रहरीले जनाएको छ।