काठमाडौं – पछिल्ला दिनमा मानिस हरूको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन्। यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसहरूमा रोग बढीरहेको छ।
जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ। यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा थप फाइदा पुग्छ। एउटा फल यस्तो छ, जुन सुगर रोगीका लागि भगवानको वरदान हो। मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ। यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ।
जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस्। त्यसलाई हल्का तातो पानीमा मिसाएर पिउने गरेमा सुगरको अचुक उपचार हुन्छ। जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ।
मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन। तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ। जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्छ। आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गरेको पाइन्छ। जसमध्ये एक मधुमेहको उपचार पनि हो।