एजेन्सी– फायरफक्सको वेब ब्राउजर प्रयागकर्तालाई अमेरिकी सरकारले अपडेट गर्न आग्रह गरेको छ। अमेरिकी सरकारले ‘जिरो डे भल्नरेबिलिटी’मा ह्याकरहरुले प्रयोगकर्ताको कम्प्युटरमा नियन्त्रण जमाउन सक्ने बताउँदै सचेत रहन आह्वान गरेको हो।
अमेरिकी राष्ट्रिय सुरक्षा मन्त्रालयको साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी सीआईएसएले फायरफक्स ब्राउजर प्रयोगकतालाई ७२.०.१ र ईएसआर ६८.४.१ भर्सनमा मा अपडेट गर्न आग्रह गरेको छ।
चिनियाँ साइबर सेक्युरिटी कम्पनी क्यूआईएचओओ ३६० ले त्यस्तो सुरक्षा कमजोरी पत्ता लगाएर कम्पनीलाई जानकारी गराएको थियो। फोर्ब्सका अनुसार, जिरो डे भल्नरेबीलिटी त्यस्ता सुरक्षा कमजोरीलाई भनिन्छ, जसबारे न प्रडक्ट उत्पादक थाहा हुन्छ न त सुरक्षा अनुसन्धानकर्तालाई नै थाहा हुन्छ। यो केवल त्यस्ता कमजोरीमा खेल्ने ह्याकरहरुलाई मात्र थाहा हुन्छ।
ब्राउजर अपडेट गर्नको लागी मेनु बारमा गएर त्यहाँ रहेको अबाउट फायरफक्समा क्लिक गर्नुहोस्। यदि अबाउट फायरफक्स फेला पार्नुभएन भने हेल्पमा क्लिक गरी भित्रपट्टी फेला पार्न सक्नुहुन्छ। त्यहाँ नयाँ विण्डो खुल्छ र कुनै अपडेट भएको छ वा छैन स्वतः जाँच भएर डाउनलोड हुन थाल्छ।
एकपटक डाउनलोड भइसकेपछि फायरफक्स अपडेट भएको सुनिश्चित गर्न रिस्टार्टमा क्लिक गर्नुहोस्। यदि स्वतः अपडेट भएन भने रि स्टार्ट टु अपडेट फायरफक्स लेखिएको स्थानमा क्लिक गरी अपडेट गर्न सक्नुहुनेछ।