एजेन्सी– तापसी पन्नूको फिल्म थप्पडको पहीलो पोस्टर सार्वजनिक भएको छ। अनुभव सिन्हाले निर्देशन गरेको यो फिल्मको पहिलो पोस्टरमा निधारमा टिका लगाएर सजिएकी तापसीको अनुहारमा थप्पड परेको एक्सप्रेशन देखिन्छ।
यो पोस्टर सियर गर्दै उनले लेखेकी छिन्, ‘के यो यती नै कुरा हो, के मायामा यो पनि जायज छ ? यो थप्पडको पहिलो झलक हो।’, ‘थप्पड फस्ट लुक’
तापसीको यो पोस्ट हेरेर फिल्मको कथा घरेलु हिंसामा आधारित छ भनेर अनुमान गर्न सकिन्छ। तर अहिलेसम्म फिल्मको बारेमा केही खुलासा भने भएको छैन।
यो तापासीकोे अनुभवसँगको दोस्रो फिल्म हो। उनी थप्पडसँग सँगै अन्य ४ वटा फिल्ममा पनि काम गरिरहेकी छिन्।