काठमाडौं– नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरि पाँच जिल्लाका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट र्पुयाउने उद्देश्यका साथ अगाडि बढाइएको टेण्डर प्रक्रिया रद्द गरेको छ।
प्राधिकरणको बोर्ड बैठकले महालेखा परीक्षकको कार्यालयबाट आवेदक कम्पनीहरुको बेरुजु औँल्याइएको भन्दै सबै आवेदन खारेज गरेको हो।करीब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनाका लागि इन्टरनेट सेवा प्रदाय कम्पनीहरु वर्ल्डलिंक, भायनेट र टेक माइण्डले टेण्डर आवेदन दिएका थिए।
बिहीबार पुनः नयाँ टेण्डर आह्वान गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिएका थिए। परियोजना अन्तरगत पाँच ओटै जिल्लाका हरेक स्थानीय तहसम्म तीब्र गतिको इन्टरनेट पहुँच कायम गर्ने गरी करीब २६ सय किलोमिटर अप्टिकल फाइबर नेटवर्क निर्माण गरिनेछ।