एजेन्सी– सुन्दर देखिनको लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ। किनभने घरेलु उपायको कुनै पनि दुष्प्रभाव नपर्ने हुँदा यसको प्रयोग सहजै गर्न सकिन्छ।
मेवा– मेवा पिसेर त्यसको पेस्ट अनुहारमा लगाएको २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ।
टमाटर र कागतीको रस– टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ। घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ।
दुध र मह– अनुहारको छाला सुख्खा र खस्राे छ भने दुध र मह मिसाएर लगाउने गर्नुपर्छ। एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने त्यसपछि हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गर्ने यसो गर्नाले अनुहारको सुख्खापन हराउँदै जान्छ।
कागती– कागतीको रस गुणकारी हुन्छ। यसले अनुहारको रङमा निखारता ल्याउँछ। कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ। नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ। तर यो विधि गरेपछि घाममा जानुहुँदैन।
बेसार– बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर स्क्रब बनाउने र अनुहारमा लगाएर १० मिनेट राख्ने त्यसपछि पानीले पखाल्ने। यो विधि हप्तामा तीन वा चार पटक गर्ने गर्दा अनुहारको दाग कम गर्ने र छालालाई मुलायम बनाउने काम गर्छ।