काठमाडौं– अम्बालाई स्वादको लागि मात्र नभएर यसलाई अनुहार सफा वा चम्किलो बनाउन पनि प्रयोग गर्न सकिन्छ। यसमा पाइने पोषक तत्वले स्वास्थलाई मात्र नभएर छालाका समस्याहरुलाई पनि निर्मुल गर्ने काम गर्दछ।
अम्बामा पाइने भिटामिन सी, बि र ए ले कोलेजनको उत्पादनलाई बढाउने गर्दछ। त्यसैगरी, यसमा पाइने एन्टी–अक्सीडेन्टले छालालाई सफा राखी अनुहारलाई ग्लो बनाउन मद्दत गर्दछ। दैनिकरुपमा अम्बाको फेस प्याक प्रयोग गर्दा यसले अनुहारको चमक बढाउनुका साथै सुन्दरतामा निखार ल्याउँछ।
कसरी बनाउने त अम्बाको फेस प्याकः
एउटा सानो अम्बाको सबै गुदी निकाली त्यसलाई मिक्सीमा मजाले पिस्नुहोस्, ताकी अम्बाका सबै दानाहरुपनि मजाले पिसियोस्, अब पिसिएको अम्बालाई एउटा कचौरामा राखी त्यसमा एक चिया चम्चा मह र कागतीको रस मिसाई त्यसको लेप तयार गर्नुहोस्, त्यस लेपलाई अब कोमल र सफा हातले मजाले अनुहारमा मसाज गर्नुहोस् र मसाज गरिसके पछि त्यस लेपलाई सुक्न छोडदिनुस्, त्यसपछि मनतातो पानिले आफ्नो अनुहारलाई धुनुहोस्।
डल स्कीनको लागिः
अम्बाले अनुहारका विभिन्न समस्याहरुबाट बचाउँदछ। यदि कसैको अनुहार एकदम डल अर्थात् चम्किलो छैन भने, अम्बाको लेप बनाएर प्रयोग गर्न सकिन्छ। त्यसको लागि अम्बाको गुदिलाई एउटा बटुकामा राख्नुहोस र त्यसमा आधा चिया चम्चा बेसार र आधा चिया चम्चा चन्दनको मिश्रण बनाइ अनुहारमा लगाउँदा यसले अत्यधिक लाभ हुने गर्दछ र यसको परिणाम एकै हप्तामा थाहापाउन सकिन्छ।
डण्डीफोर र अनुहारको दागको लागीः
अम्बाको लेप प्रयोग गर्दा यसले अनुहारको डण्डीफोर र अनुहारमा रहेका विभिन्न किसिमका दागहरुलाई फाइदा गर्दछ। त्यसकोलागि, अम्बालाई मज्जाले उमाल्नुहोस् र यसलाई एउटा कचौरामा राखी मिच्नुहोस। त्यसपछि, त्यो कचौरामा एक चिया चम्चा कागतीको रस र थोरै बेसार राखी त्यसको लेप तयार गर्नुहोस्, त्यसपछि लेपलाई आफ्नो अनुहारमा सफा हातले मसाज गर्नुहोस्, यसो गर्नाले अनुहारका डण्डीफोर र दागहरु हटेर जान्छन्। यस प्रक्रियालाई हप्तामा तिन चोटी प्रयोग गर्दा नतिजा आफैले प्राप्त गर्नुहुनेछ।