काठमाडौं– मानिसको स्वास्थ्यका लागि खजूर निकै नै लाभदायक हुन्छ। यसमा आइरन क्याल्सियम, पोटासियम आदि पोषक तत्वहरु याप्त मात्रामा पाईन्छन्। खजूरलाई दूधमा भिजाएर खानाले स्वास्थ्यलाई धेरै फाइदा पुग्छ।
खजुर खानुका फाइदा
लगातार पिसाब लाग्ने समस्या छ भने त्यस्ता व्यक्तिले दिनको दुई ओटा खजूर खानाले त्यो समस्या ठिक हुन्छ। गर्भवती महिलाले खजूर खानाले तागत आउँछ भने शरीरमा रगतको कमी हुन दिँदैन। यदि शरीरमा आलस्यता वा थकान महशुस भएको छ भने त्यस बेला खजूर खानाले शरीरमा उर्जा प्राप्त हुन्छ।
यदि बच्चा साना साना कुरामा डराउँछ भने उसलाई दुधमा खजूर मिसाएर बिहान बेलुका खुवाउँदा यस्तो समस्या हट्छ।श्वासप्रश्वासमा समस्या भएमा खजूर खानाले यो समस्या कम हुन्छ, रुघाखोकीले समय–समयमा सताउँछ भने केही दाना कालो मरिच, एक चम्चा घ्यू र एक चम्चा अलाइचीलाई उमालेर पिउँदा रुघाखोकी निको हुन्छ।