एजेन्सी– हामीले सुनेका छौ, धेरै देशमा अपराधीलाई कानुनी कारवार्ही गरिन्छ। देशको नियम अनुसार अपराधीलाई मृत्युदण्ड वा जीवनकैद दिने चलन छ। गलत नियत भएका मानिसहरुको संगत कोही गर्न चाहँदैनन्। अपराधीहरुसँग सबै दूरी कायम गर्न चाहन्छन् तर संसारमा एउटा यस्तो पनि देश छ जहाँ अपराधिहरुलाई देवता सरह पुज्ने गरिन्छ। यो देश हो लेटिन अमेरिकी मुलुक भेनेजुएला ।
कच्चा तेलको ठूलो निर्यातक देश भेनेजुएलाको विश्वमा अमेरिकाको शत्रुको रुपमा पनि परिचित छ। यसकारण त्यस देशमा राजनीतिक उतार चढाव भैरहन्छ। भेनेजुएलामा पुराना र संसारबाट वितिसकेका अपराधीहरुको मुर्ति (बुत) बनाएर उनीहरुलाई पूजिन्छ। धेरैको मनमा भेनेजुएलामा अपराधीलाई किन देवता बनाएर पूजिन्छ भन्ने प्रश्न उठ्छ।
वास्तवमा भेनेजुएलामा ती अपराधिहरुको छवि ‘रोविनहुड’को जस्तै बनेको छ। ती अपराधीहरु धनीहरुलाई लुटेर सम्पत्ति गरिबहरुलाई बाँढ्ने गर्दथे। उनीहरुले कसैको हत्या गरेनन्। मात्र धनीहरुलाई लुटेर गरिबहरुलाई बाढि दिए। स्थानीय मानिसहरु भन्छन्, मैलेंड्रोहरु राम्रो काम गरेर केही राम्रो पाउने अपेक्षा गर्छन् तर यदि उनीहरुलाई पुजिएन भने उनीहरु रिसाउन सक्छन्।
हाम्रो परम्परमा कसैको कामना पुरा भएपछि भाकल पूरा गरिन्छ त्यसरी नै भेनेजुएलामा पनि सैंटोस मैलेंड्रोजलाई चढाइन्छ। ती अपराधिहरुलाई देवतालाई दिइने रक्सी अर्पण गरिन्छ। यदि त्यहाँ कोही मानिसहरु केही कारणले तनावमा छन् भने पनि ती अपराधीको प्रतिमालाई चढाइन्छ।
मानिसहरुको मान्यता त्यहाँ के छ भने ती सैंटोस मैलेंड्रोज चढाएपछि खुशी हुन्छन् र उनीहरुलाई बरदान दिन्छन्।