एजेन्सी– अमेरिकी सैन्य एकेडेमीहरुमा पछिल्लो वर्ष पनि यौन हिंसा तथा शोषणका घटना बढेको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
समस्या रोकथामको पहल गर्दागर्दै पनि सेनाभित्र यस्तो समस्या बढेको बताइएको छ। २०१८ देखि २०१९ मा मात्रै एक तीनवटा सैन्य एकेडेमीमा सय ४९ वटा यौन शोषणका घटना भएको आधिकारिक तथ्यांक छ।
जब कि, अघिल्लो वर्ष एक सय १७ वटा यस्ता घटना भएका थिए। २०१९ को अन्त्यसँगै सार्वजनिक भएको रिपोर्ट अनुसार यो तथ्यांक २५ प्रतिशत भन्दा धेरै हो। जुन आधिकारीहरुलाई उजुरी दिइएका घटना मात्रै हुन्। यससँगै अमेरिकी रक्षा मन्त्रालयले यस्तो घटना भविष्यमा बढ्दै जाने चिन्ता व्यक्त गरेको छ।
हरेक दुई वर्षमा सञ्चालित तीन ‘स्कुल’मा १३ हजार सैनिक एकेडेमीमा भर्ना हुन्छन्। सबैभन्दा धेरै यौन शोषणका घटना वेस्ट प्वाइन्ट एकेडेमीमा ५७ वटा भएको भेटिएको थियो। यस्तै नभल एकेडेमीमा सबैभन्दा थोरै ३३ घटना भए। यस्तै एयरफोर्स एकेडेमीमा ४० वटा यौन शोषणका घटना भएको तथ्यांक छ।