काठमाडौं– तराई भेगका बगर तथा बाटोमा देखिने आँक प्रायः शुख्खा ठाउँमा भेटिन्छ। यसलाई सजिलै भेटिने हुनाले होला, मानिसले यस बारे त्यति वास्ता गर्दैनन्। हुनत, आँक बारे धेरैलाई थाहा नहुन पनि सक्छ। तर यसको प्रयोग गर्न जानेमा धेरै लाभदायी हुन्छ।
आँकलाई औषधिको रुपमा प्रयोग गरिने गरिन्छ। यसको जराको बोक्रा रगतमासी आँऊ परेकोलाई ठिक गर्छ। आँकले शरीरमा पसिना आउने क्रियालाई बढाउन र कफ बाहिर निकाल्न प्रयोग गरिन्छ।
कब्जियतको समस्यालाई आँकले समाधान गर्छ। आँकको फुललाई धूलो बनाई प्रयाेग रुघाखोकी, दम र जुका परेको समस्याबाट छुटकारा पाइन्छ।
त्यस्तै हर्षा, रक्तबिकार, टाउको र कान दुखेको, दुबी, बाबासीर, अल्सर, शरीरमा गाँठागुठी आएको कुष्ठरोग, भिरिङ्गी, रगतमासी, आंऊ, बान्ता, पखाला, पेटमा जुका परेको, हातखुट्टाको जोर्नी र मांसपेशी दुखेको, सुन्निएको शरीरभित्रका मुटु, कलेजो, फियो, पित्तथैली, फोक्सो आदि अंगहरू सुन्निएको अवस्थामा उपचार गर्न प्रयोग गरिन्छ। बारम्बार आईरहने ज्वरोलाई यसको पातको रसले ठिक गर्छ।