झापा– नेपाल प्रहरीले दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ। वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदा गरेका २ युवतीलाई प्रहरीले उद्धार गरेको हो।
साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलका अनुसार पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोख्रेल रहेको छन्।सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उनले जानकारी दिए।
अभियुक्त सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा रु २२ हजारको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका थिए। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।