काठमाडौं– आज (शुक्रबार) देखि देवकुमार श्रेष्ठको निर्देशनमा रहेको नयाँ चलचित्र ‘दि कर्मा’ रिलिज भएको छ।
यो चलचित्रमा परमिता आरएल राणा, नीता ढुंगाना, करण वर्मा, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा परमिता र वुद्दि खलपात्रको भूमिकामा देखिएका छन्।
नीता र करण वर्माको एक्सनले दर्शकलाई उत्साहित बनाउन सक्छ। चलचित्र ‘दि कर्मा’ले नेपाल र भारतको सिमानामा हुने अपराधको घटनालाई प्रस्तुत गरेको छ। चलचित्रको बिहानी शोको व्यापार औषत छ। योसँगै अब हरेक हप्ता नयाँ चलचित्र रिलिज हुनेछन्।