काठमाडौं– जाइफल एक औषधिय गुणले भरिपुर्ण मसला हो। जाइफलको दाना र तेललाई औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। यसको प्रयोगले महिनावारी गडबडी, खानाको अरुची, अनिद्रा जस्ता समस्या समाधान हुन्छ।
निद्रा नलागेको खण्डमा जाइफललाई दुधसँग मिसाएर खाएमा निद्रा लाग्दछ। यदि तपाईको हातगोडा र जीउ दुखेको छ भने पनि जाइफललाई पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ।
त्यस्तै डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा राम्रो हुन्छ र जीउ दुख्दा जाइफललाई फुराएर त्यसलाई जीउमा दल्दा पनि ठिक हुन्छ।