एजेन्सी– हामीले बेलाबेला अनाैठा अनि अपत्यारिलाे खबरहरू सुनिरहेका हुन्छाैं। अमेरिकाबाट यस्तै एउटा खबर सार्वजनिक भएकाे छ। न्युयोर्क सहरकी एक महिलाले अंकमाल गरेर पैसा कमाउने गर्दछिन्।
३२ वर्षीया ज्याकी स्यामुअलले ‘प्रोफेसनल कड्लर’ (व्यवसायिक रूपमा अँगालो हालेर सुत्ने पेसा) अपनाएकी छिन्। इन्टरनेटमा भाइरल बनिरहेकी उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन्। निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ६० डलर अर्थात् झण्डै ६ हजार शुल्क लिन्छिन्।
स्यामुअलको यो पेसालाई धेरैले आश्चर्यका रूपमा लिन्छन्। तर उनले यही पेसामार्फत दैनिक ३ सय ६० डलर (करिब ३६ हजार नेपाली रुपैयाँ) आम्दानी गरिरहेकी छिन्। यही कमाइबाट उनले आफ्नो पढाइ र छोराको खर्च धानिरहेकी छिन्। उनीसँग सुत्ने ग्राहकले पूर्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै शारिरीक सम्पर्कको इच्छा व्यक्त गर्नु हुँदैन।