काठमाडौं – हप्ताको सातौं दिनमा आउने शनिवारको नामाकरण शनि देवताको नामबाट गरिएको हो। हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी मातालाई कालीमाता भन्ने गरिन्छ।
अझ शनिदेवलाई न्यायको देवता पनि मानिन्छ। धर्मशास्त्र अनुसार, कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
शनिवारकोकाे दिन खान नहुने कुराहरू
धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन्। त्यसैले शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोस्। रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस्।