इलाम– इलाममा बन्दुकसहित २ जना पक्राउ परेका छन्।
इलामको माङसेवुङ गाउँपालिका–३ का २२ वर्षीय विशाल राई र २३ बर्षीय शिवकुमार राईलाई भरुवा बन्दुकसहित पक्राउ गरीएको हो।
दुवैजनालाई गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ थान भरुवा बन्दुकसहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट १५० ग्राम बारुदसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।