काठमाडौं – पूजा–आजामा धेरैजसो प्रयोग गरिने कपुर निकै बास्नादार हुन्छ। सेतो हुने कपुर हामिले कपडामा सुगन्ध ल्याउन राख्ने गर्छौ।
त्यस्तै कपुरलाई खाद्यान्नमा राख्दा घून, किरा, कमिला नलागोस भनेर राख्ने गरिन्छ। तर कपुरको फाईदा यति मात्र होईन, यसलाई सहि तरिकाले प्रयोग गर्न जानेमा यसबाट धेरै फाइदा लिन सकिन्छ।
हाम्रो स्वास्थ्यको लागी पनि कपुर निकै फाइदाजनक छ। यदि तपाईको शरिर चिलाउने वा दाद आउने समस्या छ भने पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाएर लगाएमा ठिक हुन्छ।