एजेन्सी– भारतको जम्मु कस्मिरमा शुक्रबार बिहानै भएको भीडन्तमा तीन जनाको मृत्यु भएको छ।
जम्मु-कस्मिर प्रहरीका अनुसार बिहान पाँच बजेतिर जम्मु-कस्मिर राजमार्गस्थित नाग्रोताको एक टोल प्लाजामा जाँचका क्रममा भीडन्त भएको हो।
प्रहरीले जाँचका क्रममा श्रीनगर जान लागेको एउटा ट्रकलाई रोक्दा भित्र रहेका आतंककारीले गोली चलाएको दाबी गरेको छ। गोली लागेर एक जना प्रहरी घाइते भएको र ट्रकभित्रका तीन जना मारिएको बताइएको छ।मारिएकाहरू कुन समूहका सदस्य हुन् भन्ने खुलाइएको छैन। प्रहरीले घटनास्थललाई घेरा हालेको छ।
पछिल्लो समय जम्मु- कस्मिरको राज्यको मान्यता खोसेर केन्द्र शासित क्षेत्र बनाइएको छ। त्यसको विरोधमा प्रदर्शन हुन सक्ने ठानेर जम्मु कस्मिरमा सञ्चारका साधनमा प्रतिबन्ध लगाइएको छ।