एजेन्सी– गुगलले चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय केही समयका लागि बन्द गर्ने भएको छ। चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण गुगलले कम्पनी बन्द गर्ने निर्णय गरेको हो।
पछिल्लो केही समयदेखी चीनका सबै प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। जसबाट अहिलेसम्म १ सय ७० जनाको ज्यान गएको छ चने ६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।
गुगलले सार्वजनिक गरेकाे पछिल्लाे एक रिर्पोटअनुसार चीनमा कार्यरत कर्मचारीमा कुनै किसिमको असर पर्न नदिन गुगलले केही समयका लागि कार्यालयन बन्द गर्ने निर्णय गरेको जनाइएको छ।
गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट र अमेजनले पनि चीनमा रहेका आफ्ना कार्यालय तत्कालका लागि बन्द गर्ने बताएका छन्। साथै अमेरिकी टेक कम्पनी एप्पलको बिजनेशमा पनि ठूलाे असर पार्ने बताइएको छ।
एप्पल इनसाइडरको रिर्पोटअनुसार वुहानमा फक्सकनको फ्यासिलिटीमा यस भाइरसबाट कामकाजमा प्रभाव पर्ने देखिन्छ। यसले चीनको इन्टरनेट बजारमा केही समय उथल पुथल हुने देखिएको छ।
सम्बन्धित समाचार
१.कोरोना भाइरसको कारण एप्पलको बिजनेशमा असर