एजेन्सी– दक्षिणी चीनको गुआंग्डोंग प्रान्तका पहिलो नोबेल कोरोनाभाइरस संक्रमितको सफल उपचार भएको छ।
उपचारपछि क्विन्यआनस्थित एक अस्पतालअघि अस्पतालका स्वास्थ्य कर्मचारीसँग खिचिएको सामूहिक तस्बिर चिनीया समाचार एजेन्सी सिन्ह्वाले आज प्रकाशन गर्दै सफल उपचार भएको जनाएको छ ।
नाम नखुलाइएको ती महिला बिरामीमा पहिलो पटक नोबेल कोरोनाभाइरस (२०१–एनसीओवी) निमोनिया भएको पत्ता लागेको थियो। कोरोना भाइरस संक्रमणको सफल उपचार भएपछि उनलाई अस्पतालले बिहीबार नै डिस्चार्ज गरेको सिन्ह्वाले जनाएको छ।