एजेन्सी – भारतीय टिभी जगतका चर्चित कलाकार करणवीर बोहरा आफ्नो परिवारसँग नेपाल घुम्न आउने तयारीमा थिए तर उनलाई दिल्ली एयरपोर्टमा नै रोकिएको छ।
करणवीर बोहरा आधार कार्डको माध्यमबाट नेपाल आइरहेका थिए तर आधार कार्ड ट्राभल डकुमेन्ट होइन। तर नियमानुसार हवाई यात्रामार्फत नेपाल प्रवेश गर्न भने पासपोर्ट अनिवार्य छ।
उनले यसबारे ट्वीट गर्दै जानकारी दिए, ‘नेपाल जानेबेला दिल्ली एयरपोर्टमा डिपोर्ट गरियो। आधार कार्डमार्फत यात्रा गर्न अनुमती छैन। नेपाल सरकारले यसलाई स्विकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’
एयर इन्डियाले करणवीर बोहराको ट्वीटको उत्तर पनि दिएको छ। यसमा एयर इन्डियाको एउटा फाइल पनि पोस्ट गरिएको छ। यसमा नेपाल यात्रा गर्नका लागि पासपोर्ट अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ।
