काठमाडौं – अधिकांश मानिस पछिल्लो समय खानपान र जीवनशैलीका कारण मधुमेहको उच्च जोखिममा परेका छन्। मधुमेह हुँदा विशेष गरी खानपानलाई नै ध्यान दिनुपर्ने हुन्छ। खानामा तलबितल भएमा यसले रगतमा ग्लुकोजको मात्रा बढाउँछ।
रगतमा सुगरको मात्रा बढी या कम हुनाले पनि शरीरलाई नोक्सान गर्छ। मधुमेह रोगीलाई सामान्य मान्छेको भन्दा धेरै भोक लाग्ने हुन्छ। छिटो छिटो भोक लाग्ने भएकाले बढी खानामा इच्छा हुन्छ, जो मोटोपनको कारण पनि बन्न सक्छ। सुगर भएको अवस्थामा यस्ता खानेकुरा खानुपर्छ, जसले रगतमा सुगरको मात्रा बढाउदैन्।
उसिनेको अण्डा– उसिनेको अण्डा विभिन्न रोग लागेका मानिसलाई उपयोगी सावित हुन्छ। त्यसमा पनि मधुमेहका रोगीका लागि यो ज्यादा लाभदायक हुन्छ। अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ। यसले सुगर नियन्त्रणमा राख्न मद्दत गर्दछ। त्यस्तै ड्राइफुट्स खाँदा पनि रगतमा सुगरको मात्रा बढ्दैन, त्यसैले स्न्याक्समा पेस्ता, ओखर, काजु, बदाम र आफ्नो स्न्याक्समा सधै उसिनेको अण्डालाई राख्ने गरेमा धेरै राम्रो हुन्छ।
स्याउ– मधुमेह रोगीका लागि फलफूल निकै उपयोगी हुन्छ। स्याउमा न्युट्रियिन्स, भिटामिन बी, सी, पोटासियन हुन्छ। स्याउको एक टुक्रा बटरसँग खाँदा धेरै फाइदा हुन्छ। बटरमा भिटामिन ई, म्याग्नेसियम र मेग्निजले सुगर नियन्त्रण गर्न सहयोग गर्छ। सुगरका रोगीले नासपाति खाने गरेमा धेरै लाभदायी हुन्छ।
दही– दुग्धजन्य उत्पादन दही मधुमेह रोगीका लागि निकै फाइदाजनक हुन्छ। यसले भोक नियन्त्रणमा राख्छ। यसले सुगरको मात्रालाई बढ्नबाट रोक्छ। दहीमा जामुन हालेर खाने गरेमा लाभदायक हुन्छ। यसले मेटावालिज्म उच्च बनाउँछ।