एजेन्सी– बजाज र ट्रायम्फले सन् २०१७ मा संयूक्त रुपमा सम्झौता गरि भारतमा विभिन्न मोटरसाइकलहरू उत्पादन गर्दै आईरहेको छ। यसै क्रममा २०० सीसी क्षमताको मोटरसाइकल भारतमा २ लाख भारुभन्दा कम मूल्यमा आउने गरी अर्काे नयाँ मोटरसाइकल उत्पादन गर्ने भएको छ।
गत शुक्रबार दुबै कम्पनीले संयूक्त पत्रकार सम्मेलनको आयोजनागरि बजाजको फ्याट्रीमा ट्रायम्फ ब्राण्डमा २०० देखि ७५० सीसी क्षमतासम्मका मोटरसाइकल उत्पादन गर्ने जानकारी दिएको हो। अहिलेसम्म आन्तरिक गृहकार्यमा समय विताएका यी दुई कम्पनीले अब उत्पादनमा जोड दिने जानकारी दिएका हुन्।
रेट्रो–क्रुजर डिजाइनमा निर्माण हुने यी मोटरसाइकल सन् २०२२ को जनवरीबाट मात्र बजारमा बिक्री वितरण हुने जानकारी दिएको छ। यी मोटरसाइकलको डिजाइन र इन्जिनियरिङमा दुबै कम्पनीको विषेशज्ञताको प्रयोग गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। कम्पनीले ल्याउने नेकेड र रेट्रो क्रुजर मोडलले रोयल इन्फिल्ड र जावासँग प्रतिस्पर्धा गर्ने जानकारी दिइएको छ ।