एजेन्सी – बिरामी हुँदा कहिले काँही डाक्टरले दिएको औषधी खाँदा पनि औषधीले नछोएको अनुभव हुन्छ, यस्तो अवस्थामा हामी डाक्टरलाई दोष लगाउछौं। कि, कस्तो औषधी दिएको होला भनेर तर यी मध्ये दोष कसैको पनि नहुन सक्छ।
तपाईले खाने गरेको कुखुराको मासुले यस्तो अवस्था सिर्जना भएको पनि त हुनसक्छ ? त्यसकारण सावधान रहनुहोस्, किनकी कुखुराको मासु खाँदा ख्याल गर्नुपर्ने हुन्छ। एक अनुसन्धानका अनुसार कुखुराको तौल वृद्धि होस् भन्नका लागि कुखुरालाई एन्टिबायोटिक्स खुवाइन्छ। औषधि खुवाइएका कुखुराको मासु खाने व्यक्तिहरुलाई बिरामी हुँदा एन्टिबायोटिकले काम नगर्ने बताइएको छ।
सेन्टर फर साइन्स एण्ड इन्भारोन्मेन्टले अनुसन्धानका लागि दिल्लीको शहरमा ७० प्रजातिका कुखुराको नमूना दिइयो, जसमध्ये ४० प्रतिशतमा एन्टिबायोटिक्स पाइयो, ती मध्ये पनि १७ प्रतिशत नमूनामा एकभन्दा बढि प्रकारको एन्टिबायोटिक्स पाइयो। एन्टिबायोटिकले बिरामी हुँदा काम नगर्ने र रोगले कुनै व्यक्तिको मृत्यु पनि हुने हुदाँ यो निकै डरलाग्दो नै हुने गर्दछ।