डडेल्धुरा– डडेल्धुराको आलीतालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरेको थियाे। यद्यपि अहिले भने प्रहरीले उनको उद्दार गरिसकेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जोशीलाई उद्दार गरिएको जानकारी दिए। डिएसपी न्यौपानेका अनुसार करिब १ बजेतिर उनलाई अपरहण गरेर लगेको सूचनाको आधारमा टोली परिचालन भएको थियो र करिब १ घण्टा भित्रै उनको उद्दार गरियो।
डिएसपी न्यौपानेका अनुसार अपहरण गर्ने व्यक्तिले अध्यक्ष जोशीमाथि कुटपिट गरेका छन्। जोशीलाई आलीताल गाउँपालिका–३ बाट उद्दार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए।
अपहरण गर्ने व्यक्तिले उनीमाथि कुटपिट गरेको र कुटपिटबाट घाइते भएका कारण उनलाई उपचारका लागि अस्पताल लगिएको डिएसपी न्यौपानेले जानकारी दिए। प्रहरीले अध्यक्ष जोशीको अपहरणमा संलग्न व्यक्ति भने फरार भएकाे जनाएको छ। हाल उनीहरुको खोजी शुरु गरिएको डिएसपी न्यौपानेले जानकारी दिए।