काठमाडौं– पुल्चोक इन्जिनियरिङ संस्थानमा शुक्रबारदेखि सूचना प्रविधिको शैक्षिक मेला लोकस २०२० सुरु भएको छ। कम्प्युटर तथा इलेक्ट्रिकल इन्जिनियरिङ संकायका विद्यार्थीहरुले विकास गरेका विभिन्न प्रविधि यही माघ १७ गतेदेखि १९ सम्म प्रदर्शनी गर्न लागेको हो।
लोकसले अघिल्ला वर्ष पनि यस्ता प्रदर्शनी आयोजना गर्दै आएका छन्। यो प्रदर्शनीको १७ औं शृंखला हो। लोकसमा देशभरी रहेका विभिन्न प्राविधिक विषयमा अध्ययनरत विद्यार्थीहरुले थिम्याटिक र नन थिम्याटिक क्याटेगोरीमा विभिन्न प्रोजेक्टहरु प्रदर्शनमा राखेका छन्।
साथै लोकस २०२० प्रदर्शनी अवलोकन गर्न जानेहरुका लागि टुटलले निशुल्क राइड सुविधा दिदैँछ। लोकसको इभेन्टमा मोबिलिटी पार्टनरको रुपमा रहेको टुटलले लोकस प्रदर्शनीमा जान चाहानेहरुलाई सय प्रतिशत क्यास ब्याक सहित टुटल राइड सुविधा प्रदान गर्ने भएको हो। यो सुविधा माघ १७ देखि १९ सम्म अर्थात मेला अवधिभर उपलब्ध गराइने टुटलले जनाएको छ।