एजेन्सी – कोरोना भाइरसबाट मर्ने चिनियाँको शव सडकमै भेटिन थालेको छ। कोरोना भाइरस फैलिएपछि वुहान सहरका सडकमै मानिसको शव भेटिन थालेको हो।
कोरोना संक्रमणकै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको शव बिहीबार भेटिएको एएफपीले जनाएको छ। मृत फेला परेका मानिसको उमेर करिब ६० वर्ष जस्तो देखिएकाे एएफपीले जनाएको छ।
ती व्यक्तिको मृत्यु कोरोनाभाइसरकै कारण भएको हुन सक्ने आशंका गरिएको छ।