एजेन्सी – गुगलले फेक न्युज वा गलत समाचारको प्रचार प्रसार रोक्न १ करोड अमेरिकी डलर खर्च गर्ने भएको छ। यो अभियान अन्तर्गत गुगलले भारतमा १० लाख अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको हो।
यो रकम वैश्विक गैर मुनाफामा आधारित संगठन इन्टरन्युजलाई दिइनेछ। यो परियोजनाका लागि इन्टरन्युजले २ सय ५० पत्रकार, फास्ट चेकर्स, विद्वान र एनजीओ कार्यकर्ताको एक टोली गठन गरी यस्तो काम गर्ने भएको हो। डिजिटल फर्ममा काम गर्ने न्युज वेबसाइटहरूले झूठो वा फेक न्युज प्रसारण गर्ने गरेको आलोचना बढेपछि गुगलले यो अभियानलाई अगाडि बढाएको हो।
भारतको सन्दर्भमा वैश्विक र स्थानीय विशेषज्ञको टोलीसँग मिलेर यसका लागि पाठयक्रम तय गरिनेछ। यो सात भाषामा हुनेछ। भारतका गैर मेट्रो शहरमा पुगेर इन्टरनेटको उपयोग गर्ने उपभोक्तालाई तालिम समेत दिइने गुगलले जनाएकाे छ। यसबाट उपभोक्ताले जानकारी सहि हो वा गलत हो त्यसको जानकारी प्राप्त हुनेछ। भारतमा यसका लागि १५ हजार भारतीय पत्रकारहरूलाई तालिम दिइसकेको छ।