एजेन्सी– गुगलले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) सँग सहकार्य गरी कोरोना भाइरसबारे जानकारी दिने सिस्टमको निमार्ण गरेको छ।
यसको अर्थ कोरोना भाइरससँग सम्बन्धीत कुनै पनि विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धित महत्वपूर्ण जानकारी सुरुमा दिने भएको हो।
कोरोनासँग सम्बन्धित कुनै पनि विषयमा सर्च गर्ने वित्तिकै सुरुमा अलर्ट देखाउने छ। साथै डब्लुएचओले सार्वजनिक गरेका जानकारी, फेसबुक तथा ट्वीटर पोष्टहरुलाई सुरुमा प्राथामिक्ताका साथ देखाइएको छ।
साथै तल्लो भागमा कोरोनासँग सम्बन्धित कुनै पनि विषयको जानकारी लिनु परेमा सुरक्षा टिप्स समेत दिइएको छ।