एजेन्सी– दक्षिण कोरियाको याङ्जु शहर देखी नजिकै रहेको छाला प्रशोधन कम्पनीमा आज बिहान आगलागी भएको छ। आगलागीका कारण २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाईते भएको याङ्जु अग्नी नियन्त्रण कार्यालयले जनाएको छ। कार्यालयका अनुसार शुक्रबार बिहान ११ः२५ मा आगलागी भएको थियो। शउल देखी २५ किलोमिटर उत्तरमा पर्ने याङ्जु शहर नजिकै रहेको कम्पनीमा उक्त घटना भएको थियो।
८ जना घाईते मध्य ४ जना बिदेशी नागरीक रहेको बताईएको छ यद्यपी कुन देशका कामदार हुन भन्ने अझै खुल्न सकेको छैन। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराईरहेको र घाईतेमध्य २ जनाको अवश्था गम्भिर रहेको अग्नी नियन्त्रण कार्यालय याङ्जु शाखाले बताएको छ।
जम्मा १३ जना कामदार रहेको उक्त कम्पनीमा १ जना आगलागी हुँदा भित्र नै हराएको भनिएको ब्याक्तीलाई प्रहरीले शकुसल उद्दार गरेर अस्पताल पर्याएको छ। कम्पनीको खिसुक्सा (होस्टेल) मा प्रयोग गरिने बोईलर (हिटर) को कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ।
आगलागीको प्रमुख कारणको बारेमा उच्च अधिकारी तथा प्रहरीले थप अनुसन्धान गर्दै रहेको प्रहरी प्रशाशनले बताएको छ। कोरियामा रहेर कम्पनी अथवा खिसुक्सामा बस्दा बोईलर हिटर तथा हिटिङ उपकरण हरु होशियारी भएर प्रयोग गर्न प्रहरीले सुझाएको छ।