काठमाडौं– प्रदिप भारद्धाजको लेखन रहेको मिलन चाम्सको निर्देशनमा चलचित्र ‘गोर्खा वारियर’ बन्ने भएको छ। सो चलचित्रलाई लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा बनाउन लागिएको हो।
मिलनको अनुसार चलचित्रमा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलो र केही हलिउड कलाकारको अभिनय रहने छ। साथमा, यो चलचित्रमा नयाँ अनुहारको रुपमा रितेश चाम्सलाईपनि देख्न पाइनेछ।
निर्देशक चाम्सले यो फिल्ममा ५० प्रतिशत हलिउड प्राविधिकले काम गर्ने जानकारी दिए। उनले यो चलचित्रको लण्डन विश्व प्रिमियरमा करिब १० हजार दर्शकलाई उपस्थित गराउने योजना लिइएको जनाए।
यसका लागि लण्डनमा पहिलोपटक डबल टेकर बसमा यो चलचित्रको प्रचार सुरु भैसकेको छ। विर गोर्खालीको कथालाई प्रस्तुत गर्ने यो फिल्म सन् २०२१ मा रिलिज हुने छ।