एजेन्सी– बलिउड सुपरस्टार सलमान खानका फिल्म सँगसँगै उनको व्यक्तिगत जीवनको बारेमा पनि उनका फ्यानलाई निकै चासो लाग्छ। विभिन्न कार्यक्रमहरुमा उनको विवाहको सन्दर्भमा कुरा उठ्दा उनकाे केही जवाफ आएको थिएन।
तर, उनले एक अन्तरवार्तामा विवाहको विषयमा खुलेर कुराकानी गरेका छन्। उनले विवाहप्रति विश्वास नभएको बताउँदै भने, ‘मलाई अब विवाहप्रति विश्वास लाग्दैन।’
‘मलाई विवाह एउटा संस्था जस्तै भइसकेको छ,’ उनले भने, ‘अब यो विस्तारै विस्तारै गायब हुनसक्छ। तर, आज पनि साथीभाई, आफन्त र दाजुभाइ नै हाम्रो दुखसुखमा साथ दिन्छन्।’