उदयपुर– उदयपुर जिल्लाका छापाखानाले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको विवाह कार्ड छाप्न नपाउने भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले बालविवाह रोक्न यस्तो अभियान सुरु गरेको हो।
नेपालको कानूनमा बालविवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान चलाईएको छ। तर पनि वालविवाहका घटना अझै बेलाबेला भईरहेका छन्। यस्तै अवस्थालाई मध्यनजर गर्दै उदयपुर प्रहरीको सक्रियतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था शुरु गरिएको हो।
उदयपुर प्रहरीको सकृयतामा छापाखानाहरुलाई कार्डमा उमेर खुलाउन अभियानताहरुले पत्रचार गरेपछि छापाखानाले जन्म मिति सहितको कार्ड छाप्न थालेको हो। गत मंसिरमा जिल्ला प्रहरीले बालविवाह भईरहेको अवस्थामा बेहुला बेहली, आफन्त र जन्तीलाई पक्राउ गरेको थियो। सो क्रममा जन्तीहरुले विवाहको निम्तो मान्न आउदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए।
सो घटनापछि जिल्ला प्रहरीले कर्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको छ। सरकार र अभियानताले वालविवाह रोक्न लामो समयदेखि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।