पर्वत– पर्वतमा एक लागूऔषध कारोबारी बन्दुकसहित पक्राउ परेका छन्। पर्वतको मोदी गाँउपालिका १ भुकताङ्ले झिल्लीबर्याङ घर भएका मुक्तबहादुर आलेमगर गाँजा, चरेश र बन्दुकसहित बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ।
३० वर्षीय आलेमगरको साथबाट प्रहरीले कोठा भित्र बोरामा लुकाएको अवस्थामा १ किलो ३०० ग्राम गाँजा, ५० ग्राम चरेश र एउटा १२ बोरको एक नाले बन्दुक बरामद गरेको छ।