एजेन्सी– जर्मनीको राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन्। विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ। सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन्। त्यही समयदेखि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने योजना बनाइन्।
कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ। उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो। उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन्। जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो।
विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन्। उनको विमान कालिगढ बन्ने सपना छ। विमानसँग आफूलाई टाढा राख्न डराउने उनले एक विमान खेलौना किनेकी छिन्। उनी खेलौनासँग नै सुत्छिन् र सधैं आफूसँग राख्छिन्।
कोबकोले विमानसँग प्रेम गर्छिन्। जुन एक प्रकारको व्याकुलता हो, जसमा कुनै व्यक्ति निर्जीव वस्तुको साथ प्रेममा पर्दछ। यसलाई ‘अब्जेक्टोफिलिया’ भनिन्छ।
मिशेलका अनुसार, सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन्। तर उनी त्यो प्रेममा खुशी थिइनन्। उनी भन्छिन्, ‘सात्स नै मेरो पहिलो प्रेम हो। अरु विमानभन्दा सात्स फरक छ। सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन्। यात्राको क्रममा म उसलाई अझै बढी चिन्छु।’