एजेन्सी– तपाई हामीले सरसमान भाडामा पाइने कुरा त थाहा पाएका छौं तर विश्वमा धेरै यस्ता अनौठा देशहरु छन् जहाँ अपत्यारिला नियमहरू छन्। ति सबै देशको नियम कानुुन पनि फरक फरक हुने गर्छ।
त्यस्तै चीन सरकारले व्यस्त मानिसहरुका लागी एक अनौठो सुबिधा ल्याएको छ। त्यहाँको सरकारले मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि भाडामा गर्लफ्रेन्ड पाईने सुबिधा ल्याएको छ।
भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको यो कुराले सबै अचम्ममा परेका छन्। उक्त एपको नाम हायर मि प्लीज रहेको छ। यसै एप मार्फत मानिसहरुले गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने जनाइएको छ। यो एप मार्फत एक दिनको लागी गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लान सकिन्छ।
यो एपमा एक युआन देखि दुई हजार युआन सम्म तिर्नुपर्ने व्यवस्था मिलाइएकाे छ। यस एपले धेरै नै ब्यापार गरेको समेत जनाइएको छ। यदि भाडामा गर्लफ्रेन्ड लगेपछी अनुमतिबिना गर्लफ्रेन्ड छुन भने पाइँदैन। ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर सपिङ गराउने र नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ।