एजेन्सी– एक हजारभन्दा बढी फिल्ममा हास्य कलाकारको रुपमा काम गरिसकेका तेलुगुका स्टार कनेनन्दी ब्रह्मानंदमको ६३ औं जन्मदिन मनाइरहेका छन्। फेब्रुअरी १ मा जन्मिएका उनले तेलुगु फिल्म हेर्ने हरकाेहीलाई हँसाएका छन्।
फ्यानसले उनलाई सोसियल मिडियामा जन्मदिनको बधाइ दिएका छन भने उनको कामको प्रशंसापनि गरेका छन्। ब्रह्मानंदम प्रायः सबै तेलुगु फिल्ममा देखिन्छन। त्यसैले उनलाई साउथ फिल्म हेर्नेले र फलो नगर्ने पनि धेरैले चिन्छन्। उनले १९८७ मा आएको फिल्म ‘अहा ना पलांटा’ बाट आफ्नो एक्टिङ सुरु गरेका थिए। र हालसम्म उनले एक हजार भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।
ब्रह्मानंदमलाई साउथको प्रायः सबै कलाकारको साथमा देख्न सकिन्छ। उनले साउथका स्टार महेश बाबू, अल्लू अर्जुन, प्रभास, राम चरण, नागार्जुनलगायत अन्य थुप्रै कलाकारसँग काम गरेका छन। ब्रह्मानंदमलाई कमिक, टाइमिंग, र फुल इन्टरटेन्डमेण्डको लागि उत्कृष्ट मानिन्छ। उनले तेलुगु सँगै कन्नड़ र तामिल सिनेमामा पनि काम गरेका छन।
भारतीय सिनेमामा आफ्नो योगदानको लागि ब्रह्मानंदमले पद्मश्री पुरस्कार पनि पाइसकेका छन्। उनले २००९ मा यो पुरस्कार पाएका थिए। यो लगायत उनले गिनीज वर्ल्ड रिकर्डमा सबैभन्दा बढी स्क्रीन क्रेडिट पाउने जीउँदो एक्टरको रुपमा नाम लेखाउन सफल भएका छन्। साथै उनले फिल्मफेयर, सिनेमा अवार्ड र नंदी अवार्ड पनि पाएका छन्।
उनको जन्म आंध्रप्रदेशमा भएको हो। कन्नेनगन्दी नगालीचरी र कन्नेनगन्दी लक्ष्मी नरसम्मको छोरा हुन्। उनले लक्ष्मी अलाापतिसँग विवाह गरेका थिए। उनको दुई छोराहरु पनि छन्। उनको छोराहरुको नाम गौतम र सिद्धार्थ हो। २०१९ मा उनले मुंबइको एसियन हर्ट इन्स्टिटुयुटमा बाइपास सर्जरी गराएका थिए।