एजेन्सी– भारतको मुरादाबादको रामपुरमो २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन्। रामपुरको सैदनगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा रहेको छ। युवक हरदोइका भएको बताइएको छ।
युवकले दुई वर्ष पहिले आफ्नो मोवाइलबाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्तीवश फोन अन्तै गयो। ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवैबीच फोनमा कुरा हुन थाल्यो।फोनमा कुरा गदै जाँदा दुवै बीच घनिष्ट सम्बन्ध बढदै ग¥यो।
महिलाले युवकलाई आफ्ना पतिको मृत्यु भइसकेको बताएकी थिइन्। महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहेपछि युवक आफूसँगै बस्नुपर्ने बताइन्।
युवक पनि यसको लागि तयार भए। गत शनिबार युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे। महिलाकी छोरीले आमाको बिहेबारे थाहा पाएपछि माइती आएर यसको विरोध गरिन्। विवाद पुलिससम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कारवाही गरेन्।